आयुष सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट सम्मानित
पाेखरा | माघ ९, २०८०
पोखरा: सहारा क्लबले यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आयुष घलानलाई नगदसहित सम्मान गरेको छ ।
पोखरामा आजदेखि सुरु भएको २३ औं आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहारा क्लबले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुष घलानलाई नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्रले सम्मान गरेको हो ।
राष्ट्रिय टिमका मिडफिल्डर घलान हेटौडा उपमहानगरपालिका वडा १८ का हुन् । निकै मेहनति उनले अष्टे«लियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले वर्षेनी सम्मान गर्दै आएको छ ।
कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङको यो पुरस्कारको प्रायोजन गरेका छन् । २०७४ सालदेखि हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सम्मानि भइसकेका छन् ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

